Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रमजीवी पत्रकारका लागि राहत प्याकेज घोषणा होस्ः अध्यक्ष अर्याल


    बुधबार, चैत्र १९ २०७६
    805
    Shares
  • ३ मिनेट पाठ
  •    काठमाडौं, १९ चैत । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सन्चारमाध्यम छुटेको हुँदा यसका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न माग गरेका छन् । उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘कोरोना भाइरसका कारण देश गम्भीर संकटमा छ ।

    सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको छ । यो अवस्थामा सरकारले विभिन्न समुदाय र बर्गको लागि राहत प्याकेज पनि घोषणा गरेको छ । श्रमजीवी पत्रकारहरु अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यान नै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने, यो जोखिमबाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका छन् । उनीहरु अहिले फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने अवस्था छ र गरिरहेका पनि छन् । तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनीहरुका सम्बन्धमा केही बोलिएको छैन । 

    त्यसैगरी श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि पनि सरकारलाई आवश्यक ध्यान दिन उनले अनुरोध गरेका छन् । कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायतका विषयमा सम्बन्धित आमसन्चार प्रतिष्ठान थप गम्भीर बन्न र आवश्यक प्रबन्ध मिलाउन अनुरोध छ । 

    यसैगरी यो संकटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकाले सम्बन्धित आमसन्चार प्रतिष्ठानका ब्यवस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न अध्यक्ष अर्यालले आग्रह गरेका छन् ।

     त्यस्तैगरी चरा र पखेटाका रुपमा रहेका आमसन्चार माध्यम र श्रमजीवी पत्रकारहरुका लागि विशेष आर्थिक राहत प्याकेजको घोषणा गर्न सरकारसँग आग्रह गर्दै सरकारले आमसन्चार उद्योगलाई प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिई नवीकरण र कर छुटको ब्यबस्था मिलाउनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

    अहिले खासगरी मोफसल र श्रमजीवी हरुले संचालन गरेका स्वरोजगारमूलक र साना लगानीका मिडिया थप आर्थिक संकटमा छन् । उनीहरुका लागी पनि राज्यका तर्फबाट ठोस आर्थिक राहतको जरुरी छ । साथै यो संवेदनशील अवस्थामा कार्य क्षत्रमा खट्ने सबै श्रमजीवी पत्रकारलाई आत्म सुरक्षाप्रति सतर्कता र सवधानी अपनाउन अपिल गर्दै यो विषम परिस्थितिको बेलामा हामी सबै सहकार्य गर्दै जिम्मेवारीपूर्वक संकटको सामना गर्नुको विकल्प छैन । तसर्थ यो घडीमा आमसन्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संवेदनशील बन्दै सत्य, तथ्य, सकारात्मक र जनता आतंकित बनाउने नभई जिम्मेवार एवं आशा जगाउने समाचार सप्रेषित गर्न पनि अनुरोध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार