Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सर्लाहीमा जलाउन लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा, ३ जना पक्राउ


    बिहिबार, असोज ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जलाउनका लागि चितामा राखिएको २१ वर्षीया मनीषा साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जलाउन लागेको शव शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको जानकारी दिए ।

    प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको छ ।

    एसपी सुवेदीका अनुसार मृतकको गलामा निलडाम देखिएपछि शंका लागेर शव नियन्त्रणमा लिइएको हो ।

    ‘मनीषाको बुधबार बेलुका मृत्यु भएको जानकारीमा आएको छ । प्रहरीलाई ढिलै सूचना आयो । हामीले जलाउन लाग्दै गर्दा नियन्त्रणमा लिएका हौं,’ एसपी सुवेदीले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार