Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सेयर बजारका सबै सूचक घटेपछि नेप्से २००४ अंकमा


    बुधबार, असोज १० २०८०
    990
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । आज परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब ९ करोडको कारोबार भएकोमा आज १ अर्ब ८१ करोडमा खुम्चियो ।

    कुल ३४ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ४८, जलविद्युत् ३३, जीवन बीमा ८८, उत्पादन तथा प्रशोधन २६, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १००, अन्य २० र व्यापार उपसमूह १४ अंक घटे ।

    मनकामना इन्जिनियरिङ हाइड्रोको मूल्य ९.९, एसियन हाइड्रोको ७.९ तथा मोलुङ हाइड्रोको ७.६ प्रतिशत बढ्यो । शुभम् पावरको मूल्य १० प्रतिशत तथा हिमालय ऊर्जा विकासको मूल्य ७.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, एनआईसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार