बागलुङ। बल्देधुरी हत्या घटनाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । उक्त हत्या घटनामा कैद फैसला सुनाइएका बडिगाड गाउँपालिका–१० का तेजपाल भन्ने तेजेन्द्र छन्त्याल र सोही स्थानका राजकुमार घर्तीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले मंगलबार बागलुङ बजारबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
२०७७ फागुनको फागुपूर्णिमा (होली)को दिन बडिगाड गाउँपालिका–१० बल्देधूरीमा होली खेल्ने क्रममा झडप हुँदा भिरबाट खसालेर दुई युवाको हत्या गरेको मुद्दामा बागलुङ जिल्ला अदालतका जिल्ला न्यायाधिश डा. दिवाकर भट्टको इजलासले २०७९ साल पुष २६ गते छन्त्याल र घर्तीसहित १६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । जन्म कैदको फैसला भएका छन्त्याल र घर्ती फरार रहेका थिए ।
बागलुङ जिल्ला अदालतले छन्त्याललाई २३ वर्ष ८ महिना र घर्तीलाई १५ वर्ष दुई महिना कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिप्रका बागलुङका प्रनाउ केसीले बताए ।
२०७७ सालको चैत १५ गते फागुपूर्णिमा (होली)को दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो । स्वतस्फूर्त रुपमा लाग्ने मेलामा रमाउन गएका युवाहरुबीच होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ का युवाहरूबीच दोहोरो झडप हुँदा दुईजनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको ज्यान गएको थियो ।
घटनामा बडिगाड–१० का युवाहरुले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो । घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो ।
घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवाहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १६ जनालाई बागलुङ जिल्ला अदालतले जन्मकैदको फैसाल सुनाएको थियो । फैसला अगाडी दुई जना तारेखमा छुटेका थिए । एक जना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए । आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको थियो । घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइएको थियो ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend