Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • दाजुको हत्या आरोपमा भाइ पक्राउ


    सोमबार, असोज ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बझाङमा धारिलो हतियार प्रयोग गरी दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्।

    छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो।

    उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए।

    हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार