मोरङ। भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिकाको वडा–५ का बद्रीकुमार राईलाई ३४ वर्षअघि हतियार प्रयोग गरी घाइते बनाएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।
आइतबार पत्रकार सम्मेलन गर्दै भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले भने, ‘३४ वर्षअघिको घटनामा धारिलो हतियार प्रयोग गरी चक्रले २६ वर्षीय बद्रीको हात छिनालेका थिए। त्यसपछि बद्रीलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको थियो। सो काण्डमा फरार रहेका चक्रलाई शुक्रबार सुनसरीबाट पक्राउ गरिएको हो।’
पत्रकार सम्मेलनका क्रममा भोजपुर प्रहरी प्रमुख पाठकका अनुसार हत्या गरी फरार रहेका ६१ वर्षीय चक्रबहादुर राईलाई शुक्रबार धरान उपमहानगरपालिका–२० तरहराबाट पक्राउ गरिएको हो।
३४ वर्षअघि भएको घटनामा चक्रसँगै अन्य तीन जनाको खोजी प्रहरीले गरिरहेको पाठकले बताए। २०६० साल जेठ २७ गते घटनामा संलग्न भएका प्रतिवादीहरुलाई अदालतबाट समेत जन्मकैदको फैसला भइसकेको भोजपुर प्रहरी प्रमुख पाठकको भनाइ छ।
यससँगै पक्राउ परेका चक्रबहादुरलाई जिल्ला अदालत भोजपुरमा आज उपस्थित गराउने उनले बताए।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend