इनरुवा। सुनसरी प्रहरीले इटहरीबाट १५ लाख नक्कली नोटसहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो। प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिइएकोे जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए।
पत्रकार सम्मेलनमा प्रहरीले नक्कली नोटको जालो ठूलो हुनसक्ने भन्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जनाएको छ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले चाडबाड नजिकिएसँगै नक्कली नोटको कारोबार हुनसक्ने आशंका बमोजिम निगरानी र चेकजाँच बढाइएको बताए। सोही क्रममा नक्कली नोट सहित दुई जना पक्राउ परेको उनले बताए।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend