Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  स्वास्थ्य मन्त्री ढकालबिरुद्ध अख्तियारमा उजुरी 


    बुधबार, चैत्र १९ २०७६
    730
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १९ चैत । स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै आयोगमा उनी विरुद्ध उजुरी परेको छ। 

     मन्त्री  ढकालविरुद्ध  विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले आइतबार अख्तियारको वेबसाइट मार्फत उजुरी  दिएका हुन्।

     ‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको भनी उक्त उजुरीमा उल्लेख गरिएके छ ।  साथै, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्।’

    नेता पौडेलले उजुरी दिए लगत्तै अख्तियारको प्रवक्तासँग कुरा गरि उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन्। उजुरीमा बुँदागत विवरण समेत राखिएको जनाइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार