Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्जमा ३५२ जना भारतीय नागरिक पक्राउ


    बुधबार, चैत्र १९ २०७६
    810
    Shares
  • २ मिनेट पाठ
  • पर्सा, १९ चैत। कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको बताए ।

    काठमाडौँ, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिकहरु  मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ । गएरातिदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ । नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ  । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार