काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो ।
बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् ।
ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।
ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, नबिल बैंक, स्टयान्डर्ड चार्टड बैंक, एनआईसी एसिया बैंक र नेपाल एसबीआई बैंक छन् । असोजका लागि ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, एनएमबी बैंक, माछापुछ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
गत महिनामा अर्थात भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर १० दशमलव ३२५ प्रतिशत रहेकोमा असोजका लागि अधिकतम ब्याजदर १० दशमलव २६४ प्रतिशतमा झरेको छ ।
यद्यपि, आठवटा बैंकले भने अधिक तरलताका बाबजुद पनि ब्याजदर बढाएका छन् । यद्यपि, औसतमा ब्याजदर घटेको छ । केही बैंकले ब्याजदर बढाउँदैमा ब्याजदर बढ्यो भन्न मिल्दैन । नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकलाई दिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend