Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको निर्णय- संविधान दिवसमा विभूषण प्रदान नगर्ने 


    शुक्रबार, भाद्र २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक सरकारले प्रदान नगर्ने निर्णय गरेको छ ।

    आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यो वर्ष विभूषण प्रदान नगर्ने निर्णय गरेको हो ।

    विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

    उनले कार्यदलले प्रतिवेदन नदिउन्जेलसम्मका लागि विभूषण प्रदान गर्ने कार्य स्थगन गर्ने बताइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार