Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बझाङमा २ नाबालिगमाथि सामूहिक बलात्कार


    शुक्रबार, भाद्र २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बझाङ । बझाङमा दुईजना नाबालिगमाथि सामूहिक बलात्कार भएको छ।

    मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका प्रहरीको भनाइ छ।

    उक्त करणीमा परेकी दुबै नाबालिका हुन्। करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

    पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।

    पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्। दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार