मकवानपु । प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ८५ ग्रामसहित पर्सा छिपरमाई गाउँपालिका–५ बस्ने ५४ वर्षीय रंभु राउत कुर्मीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह ०१३२ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै,मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाइजोपाम ५ एम्पुलसहित झापा दमक नगरपालिका–७ बस्ने २८ वर्षीय अमन तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरी, पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ५५ वर्षीय माधबलाल महेताको घरबाट अवैध लागूऔषध गाँजा १ सय ७३ केजी ५ सय ग्रामसहित बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार महेताको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend