Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • चिनियाँ सुन तस्कर यसरी आएका थिए भिसा बिनै भारतको बाटो हुँदै


    बिहिबार, भाद्र २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा तीन देशका गिरोह मिलेर सुन तस्करी गर्न ७ वटा कम्पनी खडा गरेको पाइनुका साथै उक्त ६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको खुलेको छ ।

    यस्तै सुन तस्करी गर्न ७ वटा कम्पनी खडा गरेको मध्ये हाल ६ वटा सञ्चालनमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ।

    उक्त सुन तस्करीमा संलग्न समूहलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘टोखा समूह’ र ‘लाजिम्पाट समूह’मा वर्गीकरण गरेर पहिलो चरणको अनुसन्धान टुङ्ग्याएको छ । टोखा समूह परिचालन गर्ने चिनियाँ तस्कर याओ पुचेङ्ग बिना भिसा नै नेपाल प्रवेश गरेका हुन् । तस्कर समूहमा उनी ‘एलेक्स’ भनेर चिनिन्छन् ।

    ती चिनियाँ नागरिक याओ पुचेङ्ग करिब १ वर्षअघिनै भारत हुँदै नेपाल आएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उनले भने,‘पुचेङ्गसँग भारतीय आधार कार्ड र नक्कली नेपाली पासपोर्ट रहेछ, ती कागजातका आधारमा उनी बिना भिसा काठमाडौंमा आएको देखिन्छ ।’

    याओ पुचेङ्ग उर्फ ‘एलेक्स’को साथमा नेपाली नागरिकता समेत भेटिएको छ । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नेपाली नागरिकता लिएका हुन् ।

    भारतबाट नेपाल प्रवेश गर्दा कुन नाकाबाट छिरेको भन्नेबारे पुचेङ्गले प्रहरीलाई बताउन सकेका छैनन् । तर, उनले भनेका छन्, ‘भारतबाट नेपाल प्रवेश गरेको हुँ ।’ उनी पाँच वर्षदेखि चीन गएका छैनन् ।

    ठमेलको छायासेन्टर स्थित ‘वाल्डो क्यसिनो’ मा जुवा खेल्ने पुचेङ्गले त्यहाँबाट हङहङमा रकम पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    ती चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि छ । हाल चर्चित रहेको ठुलो परिमाणको सुन तस्करीको रकम भुक्तानीमा भने वाल्डो क्यासिनो प्रयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार