काठमाडौँ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६७ अंकमा कायम भएको छ ।
यस दिन कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब १३ करोड रुपैयाँमा खुम्चियो ।
३३ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ४ को स्थिर रहृयो । सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंक घटे ।
शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको ७, अपर स्याङ्जेको ६ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपारको १० प्रतिशत मूल्य घट्दा सुपर मादीको ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, आईएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend