Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित एक जना पक्राउ


    शुक्रबार, भाद्र २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उक्त लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई त्यस लागूऔषधसहित पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार