Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ


    बिहिबार, भाद्र १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भक्तपुरमा एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका १० कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु रहेका छन् । उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार