Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सेयर बजार १९९० अंकमा ओर्लियो


    बुधबार, भाद्र १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज बुधबार सेयर बजारको परिसूचक नेप्से १९९० अंकमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से २.८ अंक घटेको हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । हिजो ८६ करोड ५१ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।

    कुल ७९ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ भने १९ को स्थिर रहृयो । बैंकिङ ०.८, विकास बैंक १.८८, फाइनान्स ४, जलविद्युत् ५, जीवन बीमा ९, उत्पादन ३६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ३ र अन्य उपसमूह ६ अंक घटे । ब्यापार ३७ र होटल उपसमूह ७२ अंक बढे ।

    यस्तै सिटी होटलको मूल्य सबैभन्दा धेरै ९.८ प्रतिशत बढ्यो भने मिथिला लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक, आईएमई लाइफ, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार