काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार सेयर बजार झिनो अंकले बढेको छ । तर नेप्से उकालो चढे पनि कारोबार रकम भने एक अर्बबाट पनि तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.०९ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से १९९८.४८ अंकमा उक्लिएको छ ।
आज २७९ कम्पनीका ३६ लाख ७० हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२.२४ रुपियाँ बराबरको कारोबार भएको हो ।
कुुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले आज पनि १० प्रतिशतले नाफा कमाएका छन् । निरन्तर बढिरहेको उक्त कम्पनीको शेयर मूल्य रु. ८४८.३० पुगेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.३८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज लक्ष्मी सनराइज बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ७ करोड ३१ लख ७९ हजार ५ सय ५९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार २०.५४ अंकले घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend