Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतिमा हुँदैछ आज सुनचाँदीको किनबेच ?


    सोमबार, भाद्र ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको उक्त मूल्य अनुसार आज पनि सुनको मूल्यमा घटबढ नभएको हो ।

    आइतबार छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको हो ।

    महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।

    यो साता सुनको भाउ लगातार चार दिनसम्म स्थिर नै रहेको छ । गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि भने मूल्यमा घटबढ भएको छैन ।

    तर,चाँदीको मूल्य भने घटबढ भइरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार