Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास प्रकरण: आजबाट थुनामा रहेका १८ प्रतिवादीको बयान


    सोमबार, भाद्र ११ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणको मुद्दामा अदालतमा आजबाट बयान सुरु हुँदैछ । हिजो आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    मृत्यु भएका २१ जनालाई पनि वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनका लागी प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

    यस जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् ।

    थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् । अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरेलाई आइतबार पुनः पक्राउ गरिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह रिहा भएका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५७ दिनसम्म ‘सङ्गठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘सङ्गठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदावी लिएको छ ।

    उक्त ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

    पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई प्रतिवादी कायम गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार