काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा किर्ते मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका प्रतिवादीको आज बहस हुने भएको छ ।
सो प्रकरणमा पक्राउ परेका १८ जना थुनामा छन् । यही भदौ ११ देखि १५ गतेसम्म उनीहरूको बयान लिइएको थियो । त्यसपछि गएको आइतबारदेखि थुनछेक बहस जारी छ । आइतबार चार र सोमबार चार सरकारी वकिलले बहस गरेका थिए ।
जिल्ला न्यायाधिवक्ता महेश खत्री, रमेश भट्टराई, वासुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरू चन्द्र सन्जेल, दिनेश भट्टराई, प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेका हुन् ।
सोमबार चिया ‘ब्रेक’पछि प्रतिवादीतर्फको बहस सुरु भएको थियो । सोमबार प्रतिवादीहरू शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठका वकिलको बहस सकिएको छ ।
यस्तै आज गुरुङसहितका प्रतिवादीका तर्फबाट बहस हुने छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय काठमाडौंले भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेसी तोकेर पक्राउ परेकाहरूको बयान लिइएको थियो ।
ललितानिवास जग्गा प्रकरणमा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्येका शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, वेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई सीआईबीको टोलीले पक्राउ गरी थुनामा राखेको थियो । उनीहरू अझै थुनामा छन् ।
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend