Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरणमा माधव र बाबुरामलाई कारण देखाउ आदेश जारी


    मंगलबार, असोज ९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।

    आज वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो ।

    यस्तै ललिता निवास जग्गा प्रकरणमा थुनामा परेका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको मिसिल पनि झिकाउन आदेश दिएको छ । २१ साउन २०८० मा पौडेलको मुद्दामा अन्तिम निर्णय सुनाउदै सर्वोच्च अदालतले निर्णायक तहका पदाधिकारीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार