Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरणमा धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान भए


    सोमबार, भाद्र २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका एकजनाले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले हिजो आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

    १७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्।

    नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

    उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन्। तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने जेलर बस्नेतले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार