Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भैरहवाबाट नेपाल एयरलाइन्सले हङकङ र नयाँ दिल्लीमा उडान गर्ने


    आइतबार, भाद्र १० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

    भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

    उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । कम्पनीले ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार