काठमाडौं। नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गरेका हुन्।
तस्करीको ट्रान्जिट प्वान्टकै रूपमा चिनिने यी नाकाबाट पछिल्लो दुई महिनायता ठूलो मात्रामा तस्करीका सामान नभित्रिए पनि छिट्फुट्ट तस्करीको कार्य भने रोकिएको छैन। सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन्।
तस्करी कार्यलाई रोक्न भन्दै सवारीसाधन र पैदलयात्रीलाई गस्ती बढाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनाउँदै आएका छन्। तर तथ्यांकलाई हेर्दा तस्करीका सामान बरामद गर्नेमा प्रहरीका यी दुवै संगठन कमजोर देखिएका छन्। यी दुई संगठनको तुलनामा भन्सार कार्यालय झनै कमजोर देखिएको छ।
भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये तस्करीका सामान बरामद गर्नेमा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय अघि देखिएको छ। जिल्लामा राजस्व अनुसन्धान कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालय गरी चार निकायले अवैध सामान बरामद गर्दै आएका छन्।
दुई प्रहरी संगठन र भन्सार कार्यालयले नाका र सम्भावित स्थानमा नियमित निगरानी र गस्ती गर्दै आएको जनाए पनि कसैले दिएको सूचनाको आधार र छड्के रूपमा कहिलेकाहीँ जिल्लामा गस्ती गर्न आउने राजस्व अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको सामानको मूल्य हेर्दा उनीहरू कमजोर मात्र देखिएका छैनन्, मिलेमतोमा तस्करी हुँदै आएको आशंका पनि गरिएको छ।
अन्नपूर्ण पोस्ट्ले संकलन गरेको छुट्टाछुट्टै विवरणअनुसार आव २०७९र८० को एक वर्षको अवधिमा जिल्लाबाट कुल ३६ करोड ९४ लाख ७९ हजार रुपैयाँबराबरका अवैध सामान बरामद भएका छन्। जसमा सबैभन्दा बढी राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ।
कार्यालयको गस्ती टोलीले मात्र २३ करोड ४ लाख ६१ हजार रुपैयाँबराबरको अवैध सामान नवलपरासीबाट बरामद गरेको अनुसन्धान कार्यालयका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी दिए।
त्यस अवधिमा नेपाल प्रहरीले ६ करोड २० लाख रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए। त्यस्तै गण र मातहतका युनिटले एक वर्षको अवधिमा ३ करोड १ लाख रुपैयाँको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण हे।क्वा नवलपरासीका एसपी धीरेन्द्रराज न्यौपानेले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend