Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भन्सार छलेर ल्याएको करिब ५५ क्विन्टल प्याज बरामद


    शुक्रबार, पुष ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • परासी। पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हिनन्दनबाट प्रहरीले शुक्रबार ठूलो मात्रामा प्याज बरामद गरेको छ।

    प्रहरीका अनुसार जिल्लाको प्रतापपुर गाउँपालिका- ५ धर्मौलीबाट ४६ क्विन्टल र पाल्हिनन्दन गाउँपालिका -५ भगतपुराबाट सिमा नाकाबाट ओसारपसार गरेर भण्डारण गरिएको १८ बोरा करिब ९ क्विन्टल प्याज बरामद भएको हो । भारतीय नम्बर प्लेटको अनटेस्ट ट्याक्टरमा नेपाल तर्फ भन्सार छली गरेर ल्याउँदै गर्दा प्रहरीले प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले बताए ।

    भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको अवैध आयात बढेको छ । भारतीय सीमा नाकाबाट अवैध रुपमा धमाधम प्याज भित्रिन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।।

    त्यस्तै, प्याज र ट्याक्टर नियन्त्रणमा लिएपनि चालक फरार भएको प्रहरीले जनाएको छ । बरामद गरेको प्याजको बजार मुल्य ४ लाख र ट्याक्टरको ८ लाख गरेर १२ लाख रुपैंया बराबरको सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार