काठमाडौँ । प्रतिकिलो डेढसय हाराहारी पुगेको गोलभेडाको थोक मूल्य लगातार फेरी घट्न थालेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार महँगीको मारमा परेको गोलभेडाको भाउ विस्तारै घट्न थालेको हो ।
विकास समितिकाअनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको गोलभेडा विहीबार भने प्रतिकिलो १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १०५ रुपैयाँ छ । विहीबार भारतीय ठूलो गोलभेडाको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ थियो । यसबाहेक, आज सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ ।
विकास समितिकाअनुसार रातो आलु ५३ रुपैयाँमा कारोबार भइरहेको छ भने सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ७४ रुपैयाँ छ । यस्तै, गाजर ११०, बन्दा ५०, काउली ६५ रुपैयाँ र रातो मुला ६५ रुपैयाँ छ ।
विकास समितिको वेभसाइटमा प्रकाशित मूल्यसूचीअनुसार लाम्चो भन्टाको थोक मूल्य ६५ रुपैयाँ, बोडीको ८५ रुपैयाँ, घिउ सिमिको ८६ रुपैयाँ भने तितेकरेला ८६ रुपैयाँ प्रतिकिलो हुँदा परवर ६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend