Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु


    शुक्रबार, भाद्र १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ। जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

    च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    त्यसअघि ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले बताएको छ । साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका थिए । प्रहरीका अनुसार मृतकका श्रीमान् अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार