काठमाडौं । वनको विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ । तर, त्यो रकम वन क्षेत्रको विकास तथा सम्बर्द्धन गर्ने उद्देश्यमा प्रयोग हुन सकेको छैन।
वन विभागका अनुसार उक्त रकम विगत ४ वर्षदेखि प्रयोगविहीन बनेको हो । वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गर्न दिएबापत त्यसबाट प्राप्त भएको रकम वन विकास कोषमा जम्मा गर्नु पर्ने वन विकास कोष वन ऐन, २०७६ को दफा ४५ मा व्यवस्था गरिएको छ ।
वन विकास कोषबाट उठेको रकम प्रयोग गर्ने विषयमा कार्यविधि नै नबनेकाले ४ वर्षदेखि कोषमा प्राप्त भएको रकम प्रयोगमा नआएको वन विकास कोषका सदस्य सचिव तथा वन विभागका महाप्रबन्धक शिव वाग्लेले बताए। उनका अनुसार विभागले कार्यविधिको मस्यौदा तयार गरिसकेको छ ।
केही दिनमै मन्त्रालयमा मस्यौदा पेस गर्ने तयारी भएको वाग्लेले बताए । ‘मन्त्रालयले कार्यविधि मन्त्रिपरिषद्मा लग्न पनि सक्छ या आफैँ पास गर्न पनि सक्छ । तर कार्यविधि पास हुनेबित्तिकै वन विकास कोषमा जम्मा भएको रकम प्रयोगमा आउनेछ,’ उनले भने । वाग्लेका अनुसार हाल उक्त रकम वन विभागको कोष तथा लेखा नियन्त्रक कार्यालयको धरौटी खाता जम्मा भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend