लहान । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पद सम्हाल्नासाथ सादा पोशाकका घुमुवा परिचालन नगर्ने परिपत्र गरे । महानिरीक्षकले परिपत्र गरे पति त्यसको अवज्ञा गर्दै मातहतका बाहिनी, गण र गुल्मबाट सादा पोशाकमा घुमुवा परिचालन भइरहेको छ । बाहिनी, गण, गुल्म र बीओपीका इन्चार्जहरुले लामो समय काम गरेका घुमुवा खटाएर भन्सारछली तस्करी गर्नेहरुसँग सेटिङ मिलाउने गरेको आरोप छ । घुमुवा परिचालन गरी तस्करहरुसँग सेटिङ मिलाएर भन्सारछलीका सामान ओसारपसार गर्नेमा सशस्त्रको ७ नम्बर गण सिरहा पर्दछ । राजस्व असुली नै लक्ष्य अनुसार नहुनुमा तस्करी नै मुख्य कारक मानिएको छ ।
सशस्त्रको ७ नम्बर गण सिरहाका गणपति (एसपी) प्रमोद भारतीले सिरहाका सेटिङ गरी प्रत्येक नाकाबाट तस्करीको लाइन चलाएको आरोप छ । एसपी भारतीमाथि नयाँ घुमुवा खटाएर तस्करी तीब्र परेको आरोप लागेको छ । एसपी भरतीले सशस्त्र प्रहरी बल सुरक्षा बेस सुखिपुरमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक(सई) बद्रीनाथ देबकोटाको कमाण्डमा घुमुवा परिचालन गरेको स्रोतको दावी छ । सई देबकोटाको दरबन्दी मधेश प्रदेश बाहिनी बर्दिबासमा रहे पनि तस्करहरुसँग राम्रो सम्बन्ध र एसपी भारतीको बिश्वासपात्र रहेका कारण सिरहामै घुमुवाका रुपमा परिचालित छन् ।
भारतीले तस्करीको लाइन मिलाउन सई देबकोटाको कमाण्डमा बिकास मण्डल, लालदेब ठाकुर, राजेन्द्र यादब, रबिन्द्र सिंहलगायतका घुमुवा टोली परिचालन गरेका छन् । यी घुमुवाले जिल्लाका बिभिन्न नाकाबाट हुने भन्सार छलीका सामान ओसारपसारमा संलग्न तस्करहरुसँग निरन्तर सम्पर्कमा बसेर अबैध रकम उठाउने गरेको आरोप छ ।
सिरहाको ४६ किलेमिटर सीमा नाकामा पाँच वटा बीओपी र दुईवटा प्रस्तावित गुल्म रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित सीमा सुरक्षा) गुल्म इनर्बा, ठाडीका डीएसपी दीपेन्द्र थापाले प्रवीण यादबलाई घुमुवाका रुपमा परिचान गरेका छन् । त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म, माडरमा पूर्णदेब महतोलाई घुमुवाका रुपमा परिचालन गरिएको छ ।
यसैगरी बिओपी नवराजपुरमा कार्तिक यादब, बरियारपट्टिमा इन्स्पेक्टर किसन थापाले आफैं तस्करहरुसँग सेटिङ गर्ने गरेका छन् । इटाटार र लगडीमा क्रमशः उमेश काफ्ले र मदन गोले घुमुवा नै नराखी आफैं तस्करसँग रकम उठाउने गरेका छन् ।
मधेश प्रदेशका अन्य जिल्लामा सशस्त्र प्रहरी मुख्यालयको परिपत्र अनुसार घुमुवा राख्न रोकिएको भए पनि सिरहामा घुमुवा खटाउने र अतिरिक्त असुली गर्ने धन्दा कायमै रहेकोमा मधेश प्रदेशका डीआइजी दीपेन्द्र शाहसम्म पनि भाग पुगेको त छैन भन्ने आशंका उब्जिन पुगेको छ । डीआइजी शाहले सिरहाका एसपी भारती मार्फत् पहिलेदेखि लाइन दिएको स्रोतको दाबी छ ।
सिरहाका एसपी भारती अधिकांश समय मधेश प्रदेशकै विभिन्न जिल्लामा कार्यरत रहेको अभिलेख पाउन सकिन्छ । उनी सशस्त्र प्रहरी निरीक्षक हुँदा रौतहटस्थित तत्कालीन सीमा सुरक्षा कार्यालयमा कार्यरत थिए । रौतहटको इन्स्पेक्टरमा हुँदा नै उनी तस्करीको सेटिङ मिलाउने, घुमुवा परिचालन गर्ने जस्ता कार्यमा निपूर्ण भएका थिए । मधेश प्रदेशका जिल्लामा हुने तस्करीे र तस्करको बारेमा सम्पूर्ण जानकारी भएका भारती त्यसयता सेटिङ मिलाउँदै प्रायः तराईकै जिल्लामा कार्यरत छन् ।
स्रोतका अनुसार सिरहाका बिभिन्न नाकाहरुबाट ओपेन्द्र, आजाद हुसेन मियाँ, प्रमोद, दरबीन, बिनोद यादव, मुकेश गुप्ता, बिजय यादब, राकेश लागायतका तसकरहरुबाट लाखौं रुपैयाँ महिनाबारी एसपी भारतीले उठाउने गरेका छन् । यस अघि खटाएका घुमुवा खङ्गलाई कारबाही गरी थन्काइएको छ ।
सिरहाका एसपी प्रमोद भारतीको सेटिङमा तस्करी भइरहेको बिषयमा नेपालफेसले स्थलगत रिपोर्ट नै सार्वजनिक गरेपछि उनले ४ करोडभन्दा बढीका चोरीपैठारीका सामान बरामद गरेको समाचार प्रवाह गराएका छन् । तर ४ करोड रुपैयाँ भन्दा बढीको सामान भनेर ७ नम्बर गण सिरहाले सार्वजनिक गरे पनि भन्सार स्रोतले भने २ हजारको सामानलाई २० हजार मूल्यांकन गरी तथ्यांक सार्वजनिक गरेको बताएको छ । ७ नम्बर गण सिरहाले ४ करोडको सामान बरामद गरेको तथ्यांक सार्वजनिक गरे पनि ती सामान मुस्किलले १ करोड ५० लाखको समेत नभएको भन्सारका एक अधिकारीले बताए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend