Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसकारण पक्राउ परे सुनिल शर्मा, डाक्टरको प्रमाणपत्र नै नक्कली !


    बिहिबार, साउन २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा छानबिन गर्न पक्राउ गरिएको सीआईबीले जनाएको छ । शर्माले मेडिकल डाक्टर लेख्ने गरेका छन् । यद्यपि उनको एमबीबीएसको प्रमाणपत्र नै नक्कली भएको आशंका विगतदेखि नै गरिएको छ ।

    राजेन्द्रप्रसाद न्यौपानेका नामले चिनिएका शर्माले ९ कक्षामात्र उत्तीर्ण गरेको र उनको चिकित्सकको प्रमाणपत्र नक्कली भएकोबारेमा मिडियाले लामो समयदेखि उजागर गर्दैआएका छन् । तर, उनी शक्तिको आडमा जोगिंदैआएका थिए । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र माओवादी केन्द्रका नेता बर्षमान पुनको आडमा उनी जोगिंदैआएका थिए । बिराटनगरको नोबेल मेडिकल कलेजमा शेखर कोइराला बर्षमान पुनको समेत लगानी भएको चर्चा हुँदैआएको छ । रातारात अरबपति भएका शर्माले ३ बर्षअघि काठमाडौंको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेज समेत खरिद गरेका छन् ।

    गृहमन्त्रालयका एक अधिकारीले शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेको बताए । यद्यपि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने उनलाई पक्राउ पूर्जीसमेत नदिइएको बताए । साँसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्नेमा त्यो पनि नलिइएको शिवाकोटीले बताए ।

    शर्माले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्वीन्टल सुन बरामद भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका थिए । राजीनामा नदिए संसद भवनमै अनसन बस्ने धम्की समेत उनले दिएका थिए । उनले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत नै संलग्न रहेको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।

    सुन तस्करीमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि माओवादी नेता बर्षमान पुन, पूर्वउपराष्ट्रपतिका पुत्र दिपेश पुन, पूर्वआइजीपी सर्वेन्द्र खनालसमेत जोडिएपछि सुनिल शर्मा एकाएक चुप भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार