काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा छानबिन गर्न पक्राउ गरिएको सीआईबीले जनाएको छ । शर्माले मेडिकल डाक्टर लेख्ने गरेका छन् । यद्यपि उनको एमबीबीएसको प्रमाणपत्र नै नक्कली भएको आशंका विगतदेखि नै गरिएको छ ।
राजेन्द्रप्रसाद न्यौपानेका नामले चिनिएका शर्माले ९ कक्षामात्र उत्तीर्ण गरेको र उनको चिकित्सकको प्रमाणपत्र नक्कली भएकोबारेमा मिडियाले लामो समयदेखि उजागर गर्दैआएका छन् । तर, उनी शक्तिको आडमा जोगिंदैआएका थिए । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र माओवादी केन्द्रका नेता बर्षमान पुनको आडमा उनी जोगिंदैआएका थिए । बिराटनगरको नोबेल मेडिकल कलेजमा शेखर कोइराला बर्षमान पुनको समेत लगानी भएको चर्चा हुँदैआएको छ । रातारात अरबपति भएका शर्माले ३ बर्षअघि काठमाडौंको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेज समेत खरिद गरेका छन् ।
गृहमन्त्रालयका एक अधिकारीले शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेको बताए । यद्यपि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने उनलाई पक्राउ पूर्जीसमेत नदिइएको बताए । साँसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्नेमा त्यो पनि नलिइएको शिवाकोटीले बताए ।
शर्माले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्वीन्टल सुन बरामद भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका थिए । राजीनामा नदिए संसद भवनमै अनसन बस्ने धम्की समेत उनले दिएका थिए । उनले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत नै संलग्न रहेको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।
सुन तस्करीमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि माओवादी नेता बर्षमान पुन, पूर्वउपराष्ट्रपतिका पुत्र दिपेश पुन, पूर्वआइजीपी सर्वेन्द्र खनालसमेत जोडिएपछि सुनिल शर्मा एकाएक चुप भएका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend