Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


    बुधबार, साउन २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

    समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ८०, घिउ सिमी लोकल ४५, काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ५०, हरियो फर्सी ६०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ६०, टाटे सिमी ८०, तितो करेला ३५, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ३५, पिंडालू ६०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३२०, नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया ३००, लसुन हरियो ९०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, रुख कटहर ४०, छ्यापी सुकेको २२० र भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार