Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विनोद शाही हत्या प्रकरण : मुख्य आरोपित काठमाडौंको धापासीबाट पक्राउ


    सोमबार, साउन २२ २०८०
    20.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ परेका छन् । आज काठमाडौंको धापासीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यसअघि नै शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ परेका थिए । शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए ।

    उनको हत्या भएको भन्दै मेयर चलाउनेसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार