सिन्धुली। सिन्धुली प्रहरीले ठूलो परिमाण लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानको प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा पाँचवटा मोटरसाइकल र पाँचजनालई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले महोत्तरीको बर्दिवासबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ६७४६ को मोटरसाइकलसहित कमलामाई नगरपालिका ६ रातमाटा बस्ने वर्ष ३० को रोहित थापा,कमलामाई नगरपालिका १२ घर भई हाल कनपा ७ माझिटारमा कोठा गरी बस्ने २७ वर्षीय अम्मर भन्ने चुक्तबहादुर राउतलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट एक्सप्लोन १०० एमएलको २ बोतल र नाइट्राभेट १० लेखिएको ४ पत्ता लागुऔषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । यस्तै बागमती प्रदेश ०२–०३७ प ५७२१ नम्बरको मोटरसाइकलसहित कमलामाई नगरपालिका ५ मधुटार बस्ने ३१ को बिनोद कुमार दियालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘बा ६७ प ६३४१ नम्बरको मोटरसाइकलसहित भिमेश्वर नगरपालिका ५ दोलखा बस्ने वर्ष २१ को ईश्वर गजुरेललाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । उनले ५८ पिस नाइट्राभेट दश लेखिएको ट्याबलेट नियन्त्रणमा लिइएको छ,’दाहालले भने ।
मधेश प्रदेश नं ०२–००७ प १४५ नम्बरको मोटरसाइकल चालक साविक कर्जन्हा गाविस १ सिराहा जिल्ला घरभइ हाल कमलामाई नगरपालिका ६ सिन्धुली बस्ने २७ वर्षीय गणेश ठाकुरलाई २ सय मिलिलिटरको एक्सप्लोनसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेश ०२–००७ प ९६५ नम्बरको मोटरसाइकल र चालक जनकपुर उपमहानगरपालिका ४ धनुषा बस्ने २७ वर्षीय आनन्द नाम बताउने उमेश कुमार मुखियालाई गाँजा र नाइट्रभेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend