सिन्धुली। सिन्धुली प्रहरीले ठूलो परिमाण लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानको प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा पाँचवटा मोटरसाइकल र पाँचजनालई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले महोत्तरीको बर्दिवासबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ६७४६ को मोटरसाइकलसहित कमलामाई नगरपालिका ६ रातमाटा बस्ने वर्ष ३० को रोहित थापा,कमलामाई नगरपालिका १२ घर भई हाल कनपा ७ माझिटारमा कोठा गरी बस्ने २७ वर्षीय अम्मर भन्ने चुक्तबहादुर राउतलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट एक्सप्लोन १०० एमएलको २ बोतल र नाइट्राभेट १० लेखिएको ४ पत्ता लागुऔषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । यस्तै बागमती प्रदेश ०२–०३७ प ५७२१ नम्बरको मोटरसाइकलसहित कमलामाई नगरपालिका ५ मधुटार बस्ने ३१ को बिनोद कुमार दियालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘बा ६७ प ६३४१ नम्बरको मोटरसाइकलसहित भिमेश्वर नगरपालिका ५ दोलखा बस्ने वर्ष २१ को ईश्वर गजुरेललाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । उनले ५८ पिस नाइट्राभेट दश लेखिएको ट्याबलेट नियन्त्रणमा लिइएको छ,’दाहालले भने ।
मधेश प्रदेश नं ०२–००७ प १४५ नम्बरको मोटरसाइकल चालक साविक कर्जन्हा गाविस १ सिराहा जिल्ला घरभइ हाल कमलामाई नगरपालिका ६ सिन्धुली बस्ने २७ वर्षीय गणेश ठाकुरलाई २ सय मिलिलिटरको एक्सप्लोनसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेश ०२–००७ प ९६५ नम्बरको मोटरसाइकल र चालक जनकपुर उपमहानगरपालिका ४ धनुषा बस्ने २७ वर्षीय आनन्द नाम बताउने उमेश कुमार मुखियालाई गाँजा र नाइट्रभेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend