काठमाडौं । हनी ट्रयापमा पारेर बार्गेनिङ गरेको आरोपमा ललितपुर प्रहरीले युवतीसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले तीन लाख रुपैयाँको चेक लिएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापाको विर्तामोड स्थायी घर भई बानेश्वर बस्दै आएकी २४ वर्षीया अनिता तामाङ, सिन्धुपाल्चोकको बलेफीका दीपक पराजुली, सोही ठाउँका २७ वर्षीय विमल सुवेदी र सुनकोशीका सरोज तिमल्सिना रहेका छन् ।
प्रहरीका अनुसार पराजुली गाडी चालक तथा सुवेदी र तिमल्सिना पठाओ चालक हुन् । अनिताले विवाहित युवकहरुसँग डेटिङ गरेर पछि पैसाको बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा ल्याएर उनले फन्दामा पार्ने गरेको प्रहरीले बताएको छ ।
पीडितले उजुरी गरेपछि प्रहरीले गोप्य अनुसन्धान गरिरहेको थियो । पराजुलीले आफूलाई पत्रकार बताएर पीडितसँग पैसाको मोलमोलाइ गर्ने गरेको प्रहरीको दाबी छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend