Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार ९ अङ्कले बढ्यो, कारोबार रकम कति ?


    बुधबार, साउन १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। सेयर बजार आज सामान्य बढेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ ।

    आज जलविद्युत्, व्यापार र लघुवित्तबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रभु स्मार्ट फन्डकाे शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

    आज दुई सय ६९ वटा कम्पनीका ९३ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड २४ रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार