Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरेर महिलाको हत्या, एकजना पक्राउ


    मंगलबार, साउन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एकजना २८ वर्षीया महिलाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर सप्तरीकी अनिता चौधरीको हत्या भएको हो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । कुटपिटको कारण खुलेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार