Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज २६ अङ्कले घटेर सेयर बजार २१ सय विन्दुमा झर्‍याे, कारोबार रकम कति ?


    आइतबार, साउन १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै । आज साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार घटेर राताम्मे भएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ ।

    आज म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा सेयर बजार राताम्मे भएको दिन आज पिपुल्स पावर कम्पनीको  साढे तीन प्रतिशत र सुपर माई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

    आज ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार