काठमाडौं । तल्लो दर्जामा कार्यरत प्रहरी हरेक तरहको भेदभाव हुने गरेको छ । कुनै अधिकृतले कुरै नबुझी तल्लो दर्जाका प्रहरीलाई कुट्ने, यातना दिने गरेका घटना यदाकदा आइरहन्छन् ।
यस्तै भएको छ, बागमती प्रदेश प्रहरी गण हेटौंडामा । उक्त गणका गणपति एसपी महेन्द्रकुमार खड्काले दुई प्रहरी जवानलाई अन्धाधुन्द कुटपिट गर्दा कानको जाली नै फुटेको छ ।
प्रहरी जवान कुमार भण्डारी र प्रहरी जवान सन्तोष अधिकारीलाई एसपी खड्काले शनिबार विनाकारण कुटपिट गरेका छन् । एसपी खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ । जवान भण्डारीका दम्पत्ति नै प्रहरीमा कार्यरत छन् । काभ्रेबाट गणमा सरुवा भएका भण्डारी दम्पत्तिलाई गेटबाट बाहिर निस्कन दिइएको थिएन ।
शनिबार बिहान अण्डरवेयर किन्न गणको गेटबाट बाहिर निस्केर तुरुन्त फर्किएका जवान भण्डारी र उनीसँगै गएका सन्तोष अधिकारीलाई एसपी खड्काले १ सय ५० भन्दा बढी प्रहरीका बीचमा एक्कासी कुटपिट गरेका थिए । उनले जथाभावी मानवीय संवेदना पनि नराखी कुट्दा भण्डारीको कान नै बन्द भएको छ । एसपी खड्काको आक्रमणबाट भण्डारीको कानको जाली नै फुटेको छ ।
प्रहरी जवानलाई यातना दिएकोबारेमा एसपी खड्कासँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend