काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । हङकङबाट भित्रिएको तस्करीको क्वीन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका हुन् ।
विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् । उनका छोरा रोहन अडुकिया साउन २ गते सुन बरामदपछि नै हङकङ फरार भइसकेका थिए । सुन बरामदभन्दा केही समयअघि शंकास्पद रुपमा हङकङ, भारत र दुवई भ्रमण गरेको देखिएपछि विभागले अडुकियाको घरमा छापा मारेको जनाएको छ । राजस्वले खोजी गर्दासम्म उनी भागिसकेका थिए ।
गोरखा विकास बैंक घोटाला र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया यसअघि नै विभागको निगरानीमा थिए । उनी केही बैंक–वित्तीय संस्थामा यसअघि सञ्चालक समिति सदस्य रहिसकेका व्यक्ति हुन् । व्यापारी अडुकिया पछिल्लोपटक जुन २६ मा त्रिभुवन विमानस्थलबाट भारत गएका थिए । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएका थिए । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको विभागका अधिकारीहरुको आशंका छ ।
को हुन अडुकिया
राकेश अडुकियाका बाबु शिवकुमार अडुकिया पनि नेपालको डलर तस्करीमा संलग्न चर्चित व्यक्ति थिए । नेपालको सबैभन्दा ठूलो डलर कारोवारीका रूपमा उनको नाम थियो । बजारभरिको डलर उनले नै संकलन गर्ने गर्दथे । भारतको राजस्थानबाट नेपाल प्रवेश गरेका शिवकुमार अडुकियाको डेढ बर्षअघि दुबईमा कान्छो छोरा मुकेश अडुकियाको घरमा निधन भएको थियो । हाल कान्छो छोरा मुकेश दुबईमा नै बस्छन् । उनले सिपी खेतानको बहिनीसँग बिहे गरेका हुन् ।
शिवकुमारका जेठा छोरा हुन् राकेश अडुकिया । उनले बिनोद जाजोदियाको छोरीसँग बिहे गरेका हुन् । बिनोद जाजोदिया पट्रोल व्यापारी हुन् । राकेश अडुकिया भने मालिगाउँमा बस्ने गर्दछन् । उनले दरवारमार्ग नजिकै टेस्ला गाडीको नेपालको एजेन्सीसंगै कार्यालय समेत खोलेका छन् । उनीहरूले भारतको दिल्लीस्थित गुडगाउँमा पनि घर लिएका छन् ।
शिवकुमार अडुकियाले डलरको तस्करी धन्दा गरिरहेका बेला तत्कालीन प्रहरी महानिरीक्षक प्रदिप शमशेर जवराको सचिवालयबाट खटिएको टोलीले गाडी सहित ठूलो मात्रामा डलर बरामद गरेको थियो । पछि डलर कारोवारी भएको भन्दै प्रहरीको तत्कालीन बिशेष टोलीले अडुकियासँग ठूलो रकम लिने गरेको तथ्य पनि त्यतिबेलाका छापाहरूमा समाचार आएका थिए । राकेश अडुकियाले कृषि प्रेमुरा नामक कम्पनी खोलेर हुन्डी र डलर र हुन्डीको कारोबार गर्ने गरेका थिए ।
अडुकियाको अरेटी इन्टरनेसनल कम्पनीले टेस्ला गाडीको आयात गर्दैआएको छ । टेस्ला गाडीको एजेन्सी नभएकाले ल्याउन पाईँदैनथ्यो । तर सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रभावमा पारी २०७७ असारमा अडुकियाले टेस्ला गाडी भित्र्याउन पाउने फैसला गराएका थिए ।
अडुकियामाथि टेस्ला गाडीमा मूल्य घटाएर नेपाल आयात गरेको देखाई करोडौंंको राजस्व ठगी गरेको आरोप पनि छ । चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको बिल पेस गरिएपछि करोडौं रुपियाँको राजस्व चोरी भएको समाचार पनि सार्वजनिक भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend