धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।
उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।
उनका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै छन् । यसैगरी, कैलाश चौधरी कृषि राज्यमन्त्री बन्ने तय भएको छ ।
मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण सम्भवतः आज दिउँसो २ बजेपछि हुने छ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा संयुक्त सरकार छ । जसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छन् । काँग्रेसले दुई, माओवादीले दुई र नेकपा –एकीकृत समाजवादी) ले एक मन्त्रालय लिएका छन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend