काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्वजनिक हुँदासमेत कारबाही नभएको गुनासो गरेका छन्।
त्रिभुवन विमानस्थलबाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको यस घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनु पर्ने भन्दै आक्रोश पोखेका छन्।
‘दिनहुँ सुन तस्करीका समाचारहरु आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ। केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन सुरक्षा निकायले समातेको समाचार छ।’
‘एअरपोर्ट जस्तो संवेदनशी ठाउँको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो। त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ’, उनले अगाडि लेखेका छन्, ‘राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ।’
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend