काठमाडौँ । नयाँ आर्थिक वर्ष ०८०/८१ को पहिलो दिन सोमबार उच्च अंकले बढेको सेयर बजार परिसूचक नेप्सेमा आज पनि ९ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ९.९१ अंकले बढ्दै २१ सय ५४.०७ अंकको विन्दुमा उक्लिएको हो ।
यद्यपि, अघिल्लो दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुँदै गर्दा आज बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बैंकिङ, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दैगर्दा यता डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज पनि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्याप फन्डको मूल्य ५.१४ प्रतिशतले घटेको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend