काठमाडौं । भारतले अनुदानस्वरूप दिएको मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाने भएको छ । विभागका चारजना यसै साता भारत जाने तय भएको पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । मुर्रा राँगा लिन जाने टोलीमा पशुसेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान र क्वारेन्टिन शाखाका प्रमुख छन् ।
उनले भने, ‘भारतले सीमानाकासम्म ल्याइदिने र त्यहाँबाट नेपाली टोलीले ल्याउने गरी प्रक्रिया अघि बढेको छ ।’ अनुदानस्वरूप दिइने १५ वटा राँगालाई एकैपटक ल्याइने ढकालले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १७ जेठदेखि २० गतेसम्म भारत भ्रमणका क्रममा नेपाली मुर्रा राँगा उपलब्ध गराउने सहमति भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा मुर्रा जातका राँगा ल्याउने सहमति भएको थियो । ०७५ सालमै नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा ३० वटा उन्नत जातका मुर्रा राँगाको नेपाल सरकारबाट माग भएको थियो । जसअनुसार जेठ ०७७ मा भारतीय पशु मन्त्रालयलाई नेपालले उच्च प्रजनन क्षमता भएका बिउ राँगो आपूर्तिका लागि औपचारिक रूपमा प्रस्ताव गरेको थियो ।
जसमा भारतले नेपालले निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमका १५ वटा उच्च नश्लका मुर्रा जातका राँगा उपलब्ध गराउने भारतले त्यतिवेलै प्रतिबद्धता जनाएको थियो । विभागका अनुसार मुर्रा जातका राँगालाई पशुसेवा विभागमातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने भएको छ ।
उक्त उन्नत जातका राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार डोज वीर्य उत्पादन गरी एक लाख भैँसीमा कृत्तिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादन बढाउने सरकारको नीति रहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend