Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनुदानमा ल्याउन लागिएको मुर्रा राँगालाई भारतीय भन्सारले रोक्यो


    बुधबार, मंसिर ६ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोकेको छ । बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र (बिल) भारतीय भन्सारले माग गरेको हो ।

    अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा भारतीय भन्सारले रोक लगाएको नेपालगञ्जस्थित पशु क्वारेन्टाईन कार्यालयले जनाएको छ । भारतस्थित पन्जाबबाट पुनः बिल बनाएर ल्याउनु पर्ने भएकाले ती राँगालाई भारतीय भन्सारमा नै राखिएको छ । सो बिल आएपछि भारतीय भन्सारले राँगालाई पठाउने तयारी गरेको बताइएको छ ।

    उन्नत जातका मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरुप ल्याउन लागिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार