काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
महामन्त्री शर्माले भने, ‘भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका छौँ। पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुन्छ ।’
यस्ता छन् एजेण्डा
१) केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
२) पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
३) नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
४) सांगठानिक कार्ययोजनाबारे
५) विभाग गठन
६) राष्ट्रव्यापी अभियानको घोषणाबारे
७) केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
८) संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने)
९) सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)
१०) समसामयिक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend