काठमाडौँ। आज नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से सूचक ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ । सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो ।
३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम भने औसतमा हो । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।
यस दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend