Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका लागि एजेण्डा तय गरिने


    सोमबार, साउन १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

    देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने पनि बताइएको छ । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार