Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध


    शनिबार, असार ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्।

    यस्तै१५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

    तानसेन-रिडी-कोरला, डुम्रे-बेशीसहर-चामे, कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट- तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन्।

    केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

    त्यस्तै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ।

    मनसुन सुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार